बर्दियाका आठै तहमा एमालेले उम्मेदवार टुंग्यायो – Nepal Press

बर्दियाका आठै तहमा एमालेले उम्मेदवार टुंग्यायो

रुपन्देही । बर्दियामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आठवटै पालिकामा उम्मेदवारको नाम टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ ।

मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा र उपप्रमुखमा संगिता विक चयन भएका छन् भने बासगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा ईन्द्रा थारुलाई उम्मेदवार बनाउने टुंगो लगाएको पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । उनका अनुसार ठाकुरबाबा नगरपालिकाको प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा बिना भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

राजापुर नगरपालिकाको प्रमुखमा पहाडी थारु र उपप्रमुखमा सावित्री शर्मा उम्मेदवार चयन गरेको छ । बारबर्दिया नगरपालिका प्रमुखमा पार्टी सचिव पदम ढकाल र उपप्रमुखमा नारायणी थारुको नाम उम्मेदवारका लागि टुंग्याएको छ ।

त्यस्तै गेरुवा गाउँपालिका प्रमुखमा भरत धामी र उपप्रमुखमा मन्जु शर्मा र बढैयाताल गाउँपालिका प्रमुखमा पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी अधिकारीलाई चयन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर