नेकपा एसले तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर रानालाई उठाउने – Nepal Press

नेकपा एसले तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर रानालाई उठाउने

दाङ । नेकपा समाजवादीले तुलसीपुर उपमहानगरपालिको उपमेयरको उम्मेदवार जोगबहादुर रानालाई बनाउने भएको छ ।

उपमेयरका लागि रानाको नाम केन्द्र बाट अनुमोदन भएर आइसकेको समाजवादी दाङका प्रचार विभाग प्रमुख दीपक कुमालले जानकारी दिएका छन् ।

सत्तारूढ पाँच दलीय निर्णय अनुसार तुलसीपुर उपमहानगरपालिकामा उपमेयरको भाग नेकपा समाजवादीलाई परेको छ भने मेयर कांग्रेसलाई परेको छ । कांग्रेसले मेयरको उम्मेदवार छनोट गर्न अझै सकेको छैन ।

समाजवादी दाङले उपमेयरकालागि राना सहित डिल्ली डाँगी र  जानका रेग्मीको नाम सिफारिस गरेको थियो ।

राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज हुन् ।

उनी एमाले दाङका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष भइसकेका व्यक्ति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर