स्याङजामा जीप दुर्घटना: ४ जनाको मृत्यु, चालकसहित ५ यात्रु घाइते – Nepal Press

स्याङजामा जीप दुर्घटना: ४ जनाको मृत्यु, चालकसहित ५ यात्रु घाइते

काठमाडौं । स्याङजाको वालिङ नगरपालिका १२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

चालक सहित ५ जना घाइते भएका छन् । चालक सहित गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको छ भने मध्यम घाइते भएका २ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय  स्याङजाले जनाएकाे छ   ।

डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको हो ।

तस्बिर स्रोत : प्रकाश डुम्रे

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर