आँधिखोलाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार सर्वसम्मत – Nepal Press

आँधिखोलाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार सर्वसम्मत

स्याङ्जा । नेकपा एमाले आँधिखोला गाउँपालिका कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष विश्व पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले सर्वसम्मतरूपमा पालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सिफारिस गरेको हो । यसअघिका अध्यक्ष सुधीर पौडेलले दोहोरिन नचाहेपछि विश्व सर्वसम्मत भएका हुन् ।

माओवादीले यसअघि नै हरि ढकालको नाम सिफारिस गरेको छ । आँधिखोलामा अघिल्लो निर्वाचनमा एमालेले ठूलो मतान्तरमा जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर