पाँच मुख भएका खन्चुवाहरूले देश बर्बाद पार्दै छन्, कर्मचारीलाई तनखा दिन नसक्ने अवस्था छ : ओली – Nepal Press

पाँच मुख भएका खन्चुवाहरूले देश बर्बाद पार्दै छन्, कर्मचारीलाई तनखा दिन नसक्ने अवस्था छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञा दिएका छन् । गठबन्धनको सरकारले देश रसातलतर्फ पुर्‍याउन लागेको टिप्पणी गरे ।

बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी समेत गरे ।

ओलीले भने – हामीले वृद्ध भत्ता पाँच हजार पुर्‍याउने भनेका थियौंं । तर अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था आउन थालेको छ । हामीले कोभिड लागेको बेला समेत कर्मचारीको तनखा बढायौँ । तर यो सरकार कर्मचारीलाई तनखा समेत खुवाउन नसक्ने अवस्थामा छ ।

उनले थपे, ‘यिनीहरू देश बनाउन होइन लुट्न बसेका हुन् । पाँच वटा मुख भएका खन्चुवाहरूले देशलाई बर्बाद पारिरहेका छन्, लुटिरहेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर