एएफसी कप छनोटः श्रीलंकाको ब्लुस्टार क्लबसँग भिड्दै मछिन्द्र – Nepal Press

एएफसी कप छनोटः श्रीलंकाको ब्लुस्टार क्लबसँग भिड्दै मछिन्द्र

काठमाडौं । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा आज श्रीलंकाको ब्लुस्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा ब्लु स्टारलाई हराउँदै मछिन्द्र छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

यसअघि फागुनमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणमा तालिकाको शीर्ष स्थानमा रहँदै मछिन्द्रले एएफसी कप छनोटमा स्थान बनाएको थियो ।

लगातार दुईपटक च्याम्पियन बनेको मछिन्द्रले अघिल्लो सिजन एएफसी कल्ब लाइसेन्स नपाएका कारण एएफसी छनोट खेल्न पाएको थिएन ।

यस्तै, ब्लुस्टार क्लबले श्रीलंका सुपर लिगमा नौ खेल खेल्दै सात खेलमा जीत, एक बाराबरी र एक हारको नतिजा निकाल्दै २२ अंक जोडेर एएफसी कप २०२२ को प्रारम्भिक चरणमा स्थान पक्का गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *