हलेसी महादेव उत्पतिबारे ओलीको प्रवचन- सुन्दरीसँग नाच्दानाच्दै राक्षस भस्म – Nepal Press

हलेसी महादेव उत्पतिबारे ओलीको प्रवचन- सुन्दरीसँग नाच्दानाच्दै राक्षस भस्म

लामो समयदेखि मेरो र मेरी श्रीमतीको पनि खोटाङ दिक्तेलको हलेसी महादेव गुफा भ्रमण गर्ने इच्छा थियो । मैले पहिले हेलिकप्टरबाट यस ठाउँमा परिक्रमा गरेर गएको थिएँ । एक-दुई चक्कर हेलिकप्टरबाट लगाएर गएको थिएँ । तर, त्यसबेला धीत मरेको थिएन । समय निकाल्न मुस्किल भइराखेको थियो । एकपटक आउनै पर्छ भनेर म आज यस ठाउँमा आइपुगेको छु । मेरा साथीहरू पनि यस ठाउँमा आइपुग्नु भएको छ ।

म यस ठाउँमा आइपुग्दा अत्यन्तै हर्षित छु । हलेसी एउटा ऐतिहासिक, धार्मिक, पौराणिक, पूरातात्विक र पर्यटकीय स्थल हो । यसका विभिन्न आयामहरू छन् । यसको ऐतिहासिक, धार्मिक आयाम छ । यस सन्दर्भमा ११ औं शताब्दीदेखिका धेरै आधिकारिक लिखतहरू छन् । यसको ऐतिहासिकताका सन्दर्भमा हामी धार्मिक-ऐतिहासिक ग्रन्थहरूमा प्रमाणहरू पाउँछौं ।

११औं शताब्दी देखिका लिखत प्रमाणहरू छन् । ती कहिले लेखिएका हुन्, त्यसको बारेमा बेग्लै चर्चा गरौंला । स्कन्द पुराणमा हलेसी महादेवस्थानको वर्णन गरिएको छ र विभिन्न शास्त्रहरूले हलेसीको धार्मिक महत्व, यसको ऐतिहासिकता र यसको पौराणिकताको बारेमा लेखेका छन् । यसबारेमा विभिन्न प्रकारका कथा, किम्बदन्तीहरू पनि छन् ।

अस्ति हाम्रो पार्टी छोडेर गएका एकजना कसैले बडो मजाकसँग मलाई के भने भन्दा केपी ओलीको चुनाव चिन्ह अब त्रिशूल हुन्छ भने । हुन त सूर्यसँग त्रिशूल पनि जोडिने भयो । शिवजीको त्रिशूलका फेला परेपछि यिनीहरूको हालत के होला ! केपी ओलीले अब त्रिशूल पनि हान्छ भने । मैले हान्नु पर्दैन, शिवजीले त्रिशूल हान्छन् । अब शिवजीको त्रिशूल पनि उनीहरूले मलाई जिम्मा लगाइदिए ।

प्रसिद्ध बौद्ध भिक्षु पद्मसम्मतले ८ औं शताब्दीमा यहाँ आएर ध्यान गरेर ज्ञान प्राप्त गरेको, लामो समय बसेको जस्ता प्रसंगहरू पनि यहाँ आउँछन् । त्यसकारण यो हलेसी महादेव हिन्दूहरूका लागि मात्रै होइन, किराँतहरूका लागि पनि महत्वको ठाउँ हो । शिव हिन्दू र किराँत दुवै सभ्यतामा समान मान्यता भएको दर्शन हो, आस्था हो । त्यसैगरी यससँग बौद्ध धर्म पनि यससँग जोडिएको छ । शैव सभ्यताबाट विश्व सभ्यताको प्रारम्भ भएको मानिन्छ ।

शैव सभ्यता मात्र होइन, शैव दर्शन संसारका सभ्यताको आदिदर्शन हो । शिवलाई आदियोगी पनि मानिन्छ । योगको शुरुवातकर्ता पनि शिवलाई मानिन्छ । दार्शनिक हिसाबले पनि शैव दर्शनपछि शांख्य दर्शन र अरु बैद्ध लगायत अरु दर्शनहरू प्रकट हुँदै र विकसित हुँदै गएका छन् ।

स्कन्दपुराणका अनुसार उहिले एकजना राक्षसले शिवको साह्रै्र लामो तपस्या गर्‍यो । कथामा अलिक बढाइचढाइ पनि होला । साहित्यमा अलिक बढाइ चढाइ पनि हुनसक्छ । १२ हजार वर्षसम्म शिवको तपस्या गरे र शिव प्रकट भए भनिएको छ । शिव प्रकट भएपछि राक्षसले म अमर रहूँ, कसैले मार्न नसकोस् भन्ने वर माग्यो ।

महादेवले उसलाई भने- अमर हुने भन्ने कुरा त प्रकृतिको नियमभन्दा विपरीत हुन्छ । प्रकृतिको नियम भन्दा विपरीत तिमीलाई वरदान दिन मिल्दैन । त्यसकारण तिमीलाई अमर हुने वरदान दिन मिलेन । शिवले अमर हुने वर दिन नसकिने भएकोले अरु वर माग भनेपछि उसले अरु वर माग्ने भयो । उसले विचार गर्‍यो- लडाइँ पर्दा टाउँको छुन त सजिलो होला ।

त्यसैले उसले शिवसँग भन्यो- मैले जसको टाउको छुन्छु, तत्काल उ खरानी होस् । प्रशन्न भएका महादेवले उसलाई तथास्तु, तिमीले वर पायौं भने । त्यसपछि उसले शिवलाई सोध्यो- यो वर साँच्चै लाग्छ त ? तपाईं साँच्चै महादेव हो ? शिवले साँच्चै हो, यो वर लाग्छ भनेपछि राक्षसले त्यसो भए म छोएर हेर्छु है तपाईंको टाउको भनेर शिवजीको टाउकोतिर लम्कियो ।

शिवजीले ‘तिमीलाई मैले नै वर दिने, तिमीले मेरो नै टाउको छुने’ ? भने । तर, राक्षसले मानेन । वर लाग्छ कि लाग्दैन, तपाईंले दिएको वर त हेर्नु पर्यो नि, म छुन्छु भनेर उसले छुन खोज्यो । शिव जुरुक्क उठेर त्यहाँबाट भाग्नु पर्‍यो । भाग्दै भाग्दै शिव यस गुफामा आइपुग्नु भयो ।

यस गुफामा शिव आइसकेपछि राक्षस यताबाट पस्ने, शिव उताबाट निस्कने गरेपछि उसले शिवजीको टाउको छुन भ्याएन । राक्षसले हैरान पारेर कसै गर्दा पनि नभएपछि शिवले विष्णुलाई सम्झे- यस्ता मूर्खहरूलाई अलि राम्रो तरिकासँग विष्णुले ठीक पार्छन् । शिवले सम्झेपछि विष्णु मोहिनी अवतार लिएर आए ।

राक्षसले शिवलाई लखेटिरहेको बेला अत्यन्तै सुन्दरी मोहिनी रूपमा आएका विष्णु राक्षसका अगाडि ट्याक्क बसे । अनि राक्षस त्यतै मोहिनीतिर अल्झियो र अल्मलियो । अनि उसले सोध्यो- को हौं तिमी ? मायावी विष्णुले जवाफ दिए- ‘तिम्रो अगाडि उभिएकी म एउटी सुन्दरी हो भन्ने अझै जान्न सकेनौ ? तिमी यसरी कहाँ कुदेको ? बेकार कुदेर किन दुःख गरिराखेको ?’

जे होस्, यस ठाउँको विकासका लागि हाम्रो ध्यान गएको छ । यो अत्यन्तै पौराणिक थलो हो, ऐतिहासिक, थलो हो, पुण्य थलो हो, धार्मिक थलो हो । यो ध्यानभूमि हो, ज्ञानभूमि हो, तपोभूमि हो । पुराणका कुराहरूदेखि लिएर धार्मिक पक्षका कुरा, यसका इतिहासका कुराहरू मैले अलिकति संक्षिप्तमा यहाँहरूसँग राखे । अरु धेरै अहिले राख्न भ्याइँदैन पनि ।

आफ्नो अगाडि उभिएकी सुन्दरीसँग राक्षस आशक्त भइसकेको थियो । उसले सुन्दरीलाई ‘अब तिमी मेरो हुनु पर्‍यो, त्यसका लागि तिमी जे भन्छ्यौ त्यही मान्छु भन्यो । सुन्दरीले भनिन्- मलाई नाच्न आउँछ, नाच्ने सौख असाध्यै छ, तिमीलाई पनि नाच्न आउँछ ?

राक्षसलाई नाँच्न आउँदैनथ्यो । उसले नाच्न आउँदैन भनेपछि सुन्दरीले आउ म सिकाइदिन्छु भनिन् । उनीहरू गुफामा नाच्न गए । अनि सुन्दरीले जसरी जसरी नृत्य गरिन्, राक्षसले पनि त्यसरी नै नृत्य गर्न थाल्यो । नाच्दा कम्मर, टाउको, कुम सबैतिर हात लगाउन त सिकाउनै पर्‍यो । सुन्दरीले कम्मरमा हात लगाउँदा राक्षसले पनि कम्मरमा हात लगाउने, सुन्दरी दायाँतिर झुके राक्षसले पनि त्यही गर्ने, उनले कुममा छुँदा राक्षस पनि कुममा छुने ।

यसरी उनीहरू नाच्न थाले । यसो गर्दैगर्दा झुक्याएर मोहनीले आफ्नै हात आफ्नो टाउकोमा पुर्‍याइन् । सम्पूर्ण ध्यान सुन्दरीतिर मात्रै दिएको राक्षसले पनि आफ्नो हात आफ्नै टाउकोमा राख्यो । शिवले दिएको वरदानको कारण उ आफैं भस्म भयो । यसरी वृत्तासुर राक्षस मर्‍यो र महादेव यस गुफामा बसे । गुफामा त्यसपछि पार्वती पनि आइन् । यहाँ पार्वती गुफा पनि छ, उनी त्यहीँ बसिन् ।

यहाँ नन्दी पनि आए, त्यसैले यहाँ नन्दी (साँढे) गुफा पनि छ । यो गुफाको सबैभन्दा पौराणिकता यही हो । स्कन्द पुराणले बताएको कथा अनुसार हलेसी महादेवस्थानको उत्पत्ति कसरी भयो भन्ने कुरा सत्ययुगको कुरा हो । सत्ययुगमा यस्तो भएको थियो भनेर स्कन्द पुराणले बताएको छ ।

त्यसपछि द्वापर युगको कुरा आउँछ । यो करिब ३२-३५ सय वर्ष अगाडिको कुरा हो । श्रीकृष्णका दाजु बलराम हलो बोकेर हिँड्थे । उनी एकपटक घुम्दै घुम्दै यस ठाउँमा आइपुगे र हलो राखेर यहाँ तप गर्न थाले, ध्यान गर्न थाले । त्यसकारण हलो राखेको ठाउँ हुनाले यस ठाउँको नाम हलेश्वर भयो र हलेश्वरबाट बिस्तारै बिस्तारै हलेसी हुँदै गयो ।

यस ठाउँलाई राईहरू, खासगरी चाम्लिङ राईको उद्गमस्थल मानिन्छ । सायद चाम्लिङ वा अरु राईहरू यहाँबाट गएका होलान् । यो ठाउँ चाम्लिङ राईको एक प्रकारको राजधानी जस्तो ठाउँ हो । खोटाङ जिल्लाका साथीहरूलाई थाहा होला- राई भनेको राजा हो । राईको राज्य भएको ठाउँ र राई भन्ने पदवी पनि खोटाङमा उत्पत्ति भएको हो र यस ठाउँका खास राईहरू सायद चाम्लिङ राईहरू हुन् । त्यसबारे तपाईंहरूले खोज अध्ययन गर्नुहोला । यसरी यहाँका राईहरू राजा भनिने गरिन्थे । यो यहाँको एउटा सभ्यता हो ।

पद्मसम्मतले आठौं शताब्दीमा यहाँ आएर ध्यान गरे । त्यसपछि बुद्धवादीहरूको पनि यहाँको हलेसीस्थान महादेवसँग एउटा निकट सम्बन्ध भयो र बुद्धिष्टहरू पनि यस ठाउँलाई अत्यन्तै पवित्र ठाउँ मान्छन् । यहाँ अनेक धर्म गुरुहरूको अवतार भएको, धर्म गुरुहरू पैदा भएका, धर्म गुरुहरूले तपस्या गरेका अनेक प्रसंगहरू आउँछन् । त्यस सम्बन्धमा यहाँका धर्म गुरुहरूलाई थाहा छ, किताब पनि लेख्नु भएको छ ।

मलाई एकजना धर्मगुरुले अहिले भर्खर किताब पनि दिनु भएको छ । मैले अहिले यसलाई पढ्न पाएको छैन, समय मिलाएर म यो पढ्छु । किराँत धर्मसँग, प्राकृत धर्मसँग, मुन्धुम ग्रन्थसँग र अरु पक्षहरूसँग पनि यो जोडिएको छ । यसरी किराँत, बुद्ध, हिन्दु, शैव, बुद्धिष्ट र अरु विभिन्न दर्शनका शाखाहरू र सभ्यताको सुरूआतसँग पनि यस ठाउँको सम्बन्ध जोडिएको छ ।

यसरी इतिहाससँग यसको सम्बन्ध जोडिएको छ । यसै कारण म प्रधानमन्त्री हुँदा यस ठाउँको समग्र विकासका लागि गुरु योजना निर्माण गर्ने काम गरेको थिएँ । गुरु योजना निर्माण गरेर यसलाई विकास गर्नु पर्छ । एउटा असाधारण धार्मिक स्थल, एउटा असाधारण तीर्थस्थल, पुण्यभूमिको रूपमा यसलाई अगाडि बढाउनु पर्छ र तदअनुसार यसको विकास गर्नु पर्छ भनेर हामीले यहाँ बाटो पुर्‍याउने काम पनि गरेका छौं । सोही अनुसार यस ठाउँको विकास पनि तीब्र ढंगले हुँदै आएको छ ।

त्रिशूल चिन्हको प्रसंग

अस्ति हाम्रो पार्टी छोडेर गएका एकजना कसैले बडो मजाकसँग मलाई के भने भन्दा केपी ओलीको चुनाव चिन्ह अब त्रिशूल हुन्छ भने । हुन त सूर्यसँग त्रिशूल पनि जोडिने भयो । शिवजीको त्रिशूलका फेला परेपछि यिनीहरूको हालत के होला ! केपी ओलीले अब त्रिशूल पनि हान्छ भने । मैले हान्नु पर्दैन, शिवजीले त्रिशूल हान्छन् । अब शिवजीको त्रिशूल पनि उनीहरूले मलाई जिम्मा लगाइदिए ।

शिवजीले जब रौद्ररूप लिनुहुन्छ, त्यतिबेला असाधारण शिवशक्ति उत्पन्न हुन्छ । कहिलेकाहीँ तपाईंहरू आफैंले पनि अनुभव गर्नु भएको होला एकदम धेरै दमन वा पीडाको उच्च बिन्दुमा पुगेपछि एकप्रकारको संकल्पशक्ति आफैंमा पैदा हुन्छ । हो, शिवशक्ति भनेको त्यही हो । जस्तो अहिले हाम्राविरुद्ध पाँचदलीय गठबन्धन आदि इत्यादिको कुरा भइरहेको छ । यस्तो पवित्र ठाउँमा त्यसको कुरा किन गर्नु । तर, पनि म भन्छु- हाम्रो संकल्पशक्तिको अगाडि अब केही बाँकी रहँदैन ।

यस ठाउँलाई राईहरू, खासगरी चाम्लिङ राईको उद्गमस्थल मानिन्छ । सायद चाम्लिङ वा अरु राईहरू यहाँबाट गएका होलान् । यो ठाउँ चाम्लिङ राईको एक प्रकारको राजधानी जस्तो ठाउँ हो । खोटाङ जिल्लाका साथीहरूलाई थाहा होला- राई भनेको राजा हो । राईको राज्य भएको ठाउँ र राई भन्ने पदवी पनि खोटाङमा उत्पत्ति भएको हो र यस ठाउँका खास राईहरू सायद चाम्लिङ राईहरू हुन् । त्यसबारे तपाईंहरूले खोज अध्ययन गर्नुहोला । यसरी यहाँका राईहरू राजा भनिने गरिन्थे । यो यहाँको एउटा सभ्यता हो ।

जे होस्, यस ठाउँको विकासका लागि हाम्रो ध्यान गएको छ । यो अत्यन्तै पौराणिक थलो हो, ऐतिहासिक, थलो हो, पुण्य थलो हो, धार्मिक थलो हो । यो ध्यानभूमि हो, ज्ञानभूमि हो, तपोभूमि हो । पुराणका कुराहरूदेखि लिएर धार्मिक पक्षका कुरा, यसका इतिहासका कुराहरू मैले अलिकति संक्षिप्तमा यहाँहरूसँग राखे । अरु धेरै अहिले राख्न भ्याइँदैन पनि ।

मलाई के लाग्छ भने पत्रकार साथीहरूले यस ठाउँमा अरु प्रश्नहरू गर्न हुन्न । किनभने यो धार्मिक ठाउँ, पुण्य ठाउँ । यसको विकास, यसको पर्यटकीय विकास, यसको धार्मिकस्थलको रूपमा विकास हुनु पर्‍यो । यस पुण्यभूमि, ध्यानभूमि, ज्ञानभूमि, पवित्रभूमिको तद्अनुसारको विकास गर्ने काम गर्नु पर्‍यो । यहाँका वासिन्दा शिव सन्ततीहरू हुन् । यस्तो शिव सन्ततीहरूको उन्नति हुनु पर्‍यो । समृद्ध नेपाल, सुखी नेपाली हुनु पर्‍यो । हामीले हलेसी महादेवसँग लिने आशीर्वाद पनि यही हो-समृद्ध नेपाल सुखी नेपाली । र, हामीले गर्ने प्रयास पनि त्यही हो-समृद्ध नेपाल सुखी नेपाली ।

म व्यक्तिगत रूपमा यस मन्दिरको, यस ठाउँको पवित्रतालाई ध्यानमा राखेर, ऐतिहासिकतालाई ध्यानमा राखेर, सभ्यतासँग यसको सम्बन्धलाई ध्यानमा राखेर आफ्नो तर्फबाट २ लाख रूपैयाँ यहाँ भेटी चढाउँछु । गुम्बाका विद्यार्थीहरूको पढाइ पनि राम्रो हुन सकोस्, त्यसका लागि पनि २ लाख रूपैया उहाँहरूलाई पनि अर्पण गर्छु ।

सिंगो देश एउटा पुण्यभूमि

नेकपा एमाले हाम्रो सिंगै देशलाई एउटा पुण्यभूमि मान्छ, देवभूमि मान्छ, अत्यन्तै पवित्र भूमि मान्छ, ध्यानभूमि मान्छ, ज्ञानभूमि मान्छ, तपोभूमि मान्छ । हाम्रो देश नै त्यस्तो हो । त्यसकारण नेकपा एमाले यस प्रांगणमा मात्रै होइन, देशभरि कुनै भागमा जाँदा हिमाली भेगमा जाओस् कि, तराई भेगमा जाओस् कि, पहाडी भेगमा जाओस् कि, नदीका किनारमा होस् कि, तालका किनारामा होस् कि पहाडका टाकुरामा होस्- कहीँ पनि झूटो बोल्दैन, सही कुरा बोल्छ ।

किनभने एमालेको काम जनतालाई अल्मल्याउने होइन, जनतालाई सचेत गराउने हो । त्यसकारण यसले झूटो कुरा बोल्दैन । कुनै पनि ठाउँमा । त्यसमाथि यस ठाउँमा आएर झूटो बोल्नु पर्ने कुनै आवश्यकता नै छैन, झुटो बोल्नु हुँदैन । हामी यस ठाउँको विकासका लागि मैले अघि पनि भनेँ, विकास समिति बनाएर, गुरुयोजना बनाएर त्यसलाई अगाडि बढाउन खोजिराखेका छौं । अहिले भर्खरै विशाल भट्टराईजीले पनि भन्नु भयो- यहाँ खानेपानीको समस्याको सम्बन्धमा, लिफ्टिङ योजनाबाट खानेपानी ल्याउने त्यो काम भइराखेको छ । त्यो पूरा हुनेबित्तिकै खानेपानीको समस्या पनि समाधान हुने कुरा स्पस्टै छ ।

राक्षसले शिवलाई लखेटिरहेको बेला अत्यन्तै सुन्दरी मोहिनी रूपमा आएका विष्णु राक्षसका अगाडि ट्याक्क बसे । अनि राक्षस त्यतै मोहिनीतिर अल्झियो र अल्मलियो । अनि उसले सोध्यो- को हौं तिमी ? मायावी विष्णुले जवाफ दिए- ‘तिम्रो अगाडि उभिएकी म एउटी सुन्दरी हो भन्ने अझै जान्न सकेनौ ? तिमी यसरी कहाँ कुदेको ? बेकार कुदेर किन दुःख गरिराखेको ?’

मैले धेरै ठाउँमा देखेको छु- हाम्रा गाइडहरूले त्यस ठाउँको, जहाँ भ्रमणकर्ताहरू, पर्यटककर्ताहरू आउँछन् अथवा तीर्थालुहरू आउँछन्, उनीहरूलाई बहुत राम्ररी त्यस ठाउँको बारेमा कलात्मक र आकर्षक ढंगले यथार्थ बताउनु पर्दछ । त्यसो गर्‍यो भने मान्छेहरूले त्यस ठाउँको महत्व के हो भन्ने बारेमा बुझ्न पाउँछन् । यहाँका गाइडहरूले यहाँको बारेमा पर्याप्त अध्ययन गरेको हुनुपर्दछ, पुस्तकहरू अध्ययन गरेको हुनुपर्दछ ।

नेपाली भाषामा, अंग्रेजी भाषामा सकिन्छ भने अरु भाषामा पनि बताउनु पर्छ । नेपाली नबुझ्ने छन् भने अंग्रेजी, होइन भने अरु पनि भाषाहरूमा हामीले बताउने कोसिस गर्नुपर्छ । चिनियाँ भाषा होला, जापानी भाषा होला खासगरी यहाँ अरुभन्दा बौद्धमार्गीहरू, हिन्दूहरू बढी भ्रमणमा आउँछन् । त्यसकारण चिनियाँ र जापनीज भाषाहरूमा हलेसी महादेवको बारेमा यस मन्दिरको बारेमा, यसको ऐतिहासिकताको बारेमा बताउनु पर्ने हुन्छ ।

यस ठाउँको विकासका लागि समिति बनाउने अथवा प्राधिकरण बनाउने कुराहरू कसरी गर्ने भन्ने कुरा विचार गरौंला । मुख्य कुरा मान्छेको नियत ठीक भएन भने कसै गरे पनि हुँदैन । मान्छेको मन ठीक भएन, नियत ठीक भएन भने हलेसी महादेवस्थानबाट पनि ठग्ने प्रवृत्ति निस्कियो भने कसको के लाग्छ र ? त्यसकारण जब मान्छेले ठग्ने काम छाड्छ र मति सपार्छ, त्यसपछि सबै ठीक हुन्छ । तसर्थ, यहाँ राम्ररी काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेकपा एमालेको भविष्य उज्ज्वल छ, किनभने देश बनाउन एमाले चाहिन्छ । एमालेले देश बनाउने हो । त्यसकारण पूरा निष्ठाका साथ, पूरा इमानका साथ भगवान साक्षी राखेर म भन्न सक्छु– एमालेले जित्नु पर्छ, एमाले सफल हुनुपर्छ । त्यसो गर्‍यो भने देश सफल हुन्छ, समृद्ध नेपाल हुन्छ, सुखी नेपाली हुन्छ ।

(खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरमा पुगेका बेला एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूसँग गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *