परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने  – Nepal Press

परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने 

काठमाण्डौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)  सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् ।

बिमस्टेकको चैत १६ गते हुने पाँचाै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनु्सार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाण्डौंबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् ।

बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेश मन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *