तीन क्यासिनोलाई मन्त्री आलेको पाँचदिने अल्टिमेटम: जसरी पनि ९० करोड बक्यौता तिर्नू, नत्र कारबाही – Nepal Press

तीन क्यासिनोलाई मन्त्री आलेको पाँचदिने अल्टिमेटम: जसरी पनि ९० करोड बक्यौता तिर्नू, नत्र कारबाही

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् ।

पटक–पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन् ।

आर्थिक वर्ष २०७६–७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ ।

विभागले सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ ।

रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाहीको चेतावनी दिइएको छ ।


प्रतिक्रिया

One thought on “तीन क्यासिनोलाई मन्त्री आलेको पाँचदिने अल्टिमेटम: जसरी पनि ९० करोड बक्यौता तिर्नू, नत्र कारबाही

  1. पाँच दिन भित्र जसरी पनि तिर्नु नत्र….. । नत्र के ? मलाई भेटन आउनु चुनाव खर्चमा कुरा मिलाउँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर