पर्वतारोहण संघको नयाँ कार्यसमिति चयनका लागि जेठ २७ र २८ गते निर्वाचन हुने – Nepal Press

पर्वतारोहण संघको नयाँ कार्यसमिति चयनका लागि जेठ २७ र २८ गते निर्वाचन हुने

काठमाडौं । नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २७ र २८ गते निर्वाचन हुने भएको छ ।

संघको आइतबार बसेको बैठकले २०७९ जेठ २७ र २८ गते शुक्रबार र शनिबार निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन काठमाडौंमा आयोजना हुने छ ।

यस्तै, आगामी केन्द्रीय कार्यसमिति निर्वाचनका लागि संघको विधानको दफा ४२ (३) बमोजिम अधिवक्ता डा. गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत रहेको निर्वाचन आयोग पनि गठन गरिएको छ ।

आयोगमा अधिवक्ता डा. रामशरण थपलीया र अधिवक्ता घनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *