नेपाल दलित संघको महाधिवेशन फेरि स्थगित – Nepal Press

नेपाल दलित संघको महाधिवेशन फेरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन पुनः स्थगित भएको छ । २०७३ सालमै हुनुपर्ने महाधिवेशन चैतको ७ देखि ९ गतेसम्म बुटवलमा हुने तय भएको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नै संघको महाधिवेशन मिति तोकिदिएको थियो । स्थानीय निर्वाचन लक्षित १ महिने अभियानको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको थियो ।

कांग्रेसले दलित संघको महाधिवेशन गराउन गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणलाई प्रतिनिधि तोकेको थियो । निर्वाचन अभियानमा नेताहरु व्यस्त रहेका कारण संघको महाधिवेशन प्रभावित हुने भन्दै खाणको निर्देशनमा संघको महाधिवेशन स्थगित गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघको महाधिवेशन आयोजक समितिका संयोजक मीन विश्वकर्माले स्थानीय निर्वाचन लगत्तै महाधिवेशन गरिने बताए ।

‘अहिले पार्टीको निर्वाचन अभियानका कारण नेताहरु पनि व्यस्त हुनुभयो र तयारीसमेत प्रभावित भयो । त्यसैले स्थानीय निर्वाचन लगत्तै गर्नेगरी केन्द्रीय प्रतिनिधिसँगको परामर्शमा महाधिवेशन स्थगित गरेका छौं’, विश्वकर्माले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर