कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर तुलसीलाल अमात्य भवनमा एमाले प्रवेश गर्दै करिश्मा – Nepal Press

कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर तुलसीलाल अमात्य भवनमा एमाले प्रवेश गर्दै करिश्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि उनले पार्टी प्रवेशको चाहना राखेकी थिइन् ।

अध्यक्ष ओलीसँगकै सल्लाह बमोजिम पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते मानन्धर एमाल प्रवेश गर्दैछिन् । एमाले केन्द्रीय सचिवालय बैठकले यस वर्ष वडादेखि केन्द्रसम्म पार्टी स्थापना दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

मानन्धर तुलसीलाल अमात्य भवनबाट एमालेमा प्रवेश गर्ने बताइएको छ । उनले गत साता ललितपुरका सांसद नवराज सिलवाल र गंगा चौधरीसहित अध्यक्ष ओलीसँग भेट गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर