संघीय संसदका दुबै सदनकाे चालू अधिवेशन अन्त्य – Nepal Press

संघीय संसदका दुबै सदनकाे चालू अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदका दुबै सदनकाे चालू अधिवेशन अन्त्य भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।

सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो ।

यसअघि चैत दुई गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान भएको थियो ।

गत माघ १६ गते राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर