बिहे गर्दै सौगात र सृष्टि – Nepal Press

बिहे गर्दै सौगात र सृष्टि

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले विवाह गर्ने भएका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका दवैले आगामी वर्ष बिहे गर्ने भएका हुन् ।

उनीहरुले पारिवारिक सहमतिमा बिहे गर्न लागेका हुन् । पूर्वमिस नेपाल समेत रहेकी सृष्टि र सौगातले झन्डै चारवर्षदेखि डेट गरिरहेका छन् ।

उनीहरु सार्वजनिकरुपमा खुलेरै प्रेम व्यक्त गरिरहेका छन् र दुवैले केही वर्षदेखि प्रेम रहेको अर्को वर्षसम्ममा विवाह गर्ने निर्णय गरेको खुलासा गरेका छन् ।

पूर्वमिस नेपाल सृष्टिले केही नेपाली फिल्ममा अभिनय गरेकी छिन् । यसवर्षदेखि फिल्म निर्माण थालेका सौगातलाई सृष्टिले साथ दिइरहेकी छिन् । फिल्मबाहेकका काममा पनि उनीहरु एकसाथ अघि बढेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर