पल शाहलाई बयानका लागि यसरी पुर्‍याइयो गैंडाकोट (तस्बिर/भिडिओ) – Nepal Press

पल शाहलाई बयानका लागि यसरी पुर्‍याइयो गैंडाकोट (तस्बिर/भिडिओ)

काठमाडौं । जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । पीडितले उक्त कार्यालयमा दोस्रो जाहेरी दिएपछि बयानका लागि हिजो पललाई त्यहाँ पुर्‍याइएको थियो ।

टाउकोमा ह्याट र मुखमा मास्क लगाएका पलको हातमा हत्कडी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै पीडितले यहाँ पनि आफूमाथि पलले जबर्जस्ती करणी भएको आरोप लगाएकी छन् । पलको मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ । उक्त अदालतले हिजो थप १२ दिन थुनामा राख्न आदेश दिएको थियो ।

हिजो मात्रै पीडित किशोरीले तनहुँस्थित जिप्रका र सरकारी वकिलको कार्यालयमा पुगेर मुद्दाको प्रगति बुझेकी थिइन् ।

तस्बिर/भिडिओ : तीर्थराज डुम्रे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर