रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै घुसलिने वन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर – Nepal Press

रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै घुसलिने वन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।

अधिकृत मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिने शर्तमा ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेपछि आयोगले विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगले घुस लिएको रकम सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबीसहित मद्दा दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका क्रममा घुस लिएको रकममध्ये ४० लाख रुपैयाँ मिश्रका छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ । अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदावी गरेको प्रवक्ता भण्डारीले बताए ।

मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैँले लिएको अनुसन्धानबाट पुष्टि भएको छ । ग्याल्जेनविरुद्ध पनि २५ लाख बिगो मागदावी लिएर मुद्दा दायर गरिएको आयागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर