नेकपा एसनिकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने – Nepal Press

नेकपा एसनिकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको मोर्चाले दिएको निर्देशन अनुसार फागुन १ गते देशभर प्रदर्शन गर्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जीव राईले बताए ।

युवा संघको केन्द्रीय कार्यलयमा प्रचार बिभागको एक कार्यक्रम माझ एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए ।

फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ ।

फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर