मंगेशकरको निधनमा भारतमा दुई दिने राष्ट्रिय शोकको घोषणा – Nepal Press

मंगेशकरको निधनमा भारतमा दुई दिने राष्ट्रिय शोकको घोषणा

मोदी आजै मुम्बई पुगेर श्रद्धान्जली दिने

काठमाडौं । प्रख्यात गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी गायिका मंगेशकरलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आजै मुम्बई जाँदैछन् । मंगेशकरको शवलाई अहिले मुम्बईस्थित शिवजी पार्कमा राखिएको छ र बलिउड सेलेव्रिटी तथा सर्वसाधारण श्रद्धाञ्जलीका लागि त्यहाँ पुगिरहेका छन् ।

आज बेलुका साढे ६ बजे शिवाजी पार्कमै मंगेशकरको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । ‘क्वीन अफ मेलोडी’ र नाइटिंगेल अफ इन्डिया उपनामले चर्चित गायिकाको आज मुम्बईमा ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनी एक महिनादेखि कोभिड संक्रमण र निमोनियाले ग्रस्त थिइन् । उनलाई शनिबारदेखि भेन्टिलेटरमा राखिएको थियो । भारत र नेपालसहित विश्वभरबाट मंगेशकरको निधनमा शोक व्यक्त भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर