अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो, भारतमा संक्रमण घटेपनि मृत्युदर उकालो – Nepal Press

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो, भारतमा संक्रमण घटेपनि मृत्युदर उकालो

वासिङ्टन । जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ।

शुक्रबार दिउँसोसम्मको तथ्याङ्कअनुसार अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्।

भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या पाँच लाख एक हजार ११४ पुगेको छ ।

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै दोब्बर रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या तिव्र रुपमा घट्दै गइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर