मधेसका तीन जिल्लामा एमाले अधिवेशनको नयाँ मिति तोकियो – Nepal Press

मधेसका तीन जिल्लामा एमाले अधिवेशनको नयाँ मिति तोकियो

महोत्तरी । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७–८ फागुन, ९–१० फागुन र ११–१२ फागुनका लागि तय गरेको हो ।

आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।

प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ ।

महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुईजना एउटा कित्तामा र दुईजना अर्को कित्तामा उभिएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विरोध गर्दै आएका छन् ।

कोभिडको कारण देखाउँदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर