पुटिनसहित २० विश्व नेताहरुसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति – Nepal Press

पुटिनसहित २० विश्व नेताहरुसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति

बेइजिङ । युक्रेन र रुसलाई लिएर तनाव चुलिएको बेला रुसी र चिनियाँ राष्ट्रपतिहरु आज भेटवार्ता गर्दैछन् । दुईवर्षपछि शुक्रबार चिनियाँ राष्ट्रपति कुनैपनि विश्व नेतालाई प्रत्यक्ष भेट्न लागेका हुन् ।

आजदेखि सुरु हुने बेइजिङ ओलम्पिकमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ आउने कार्यक्रम छ । सो अवसरमा चिनियाँ समकक्षी सी जिनपिङसँग उनको भेटघाट हुनेछ ।

युक्रेन-रुस तनावसहितका अन्य विश्व घटनाक्रमले यी दुई मुलुकलाई थप नजिक ल्याएको विश्लेषण गरिएको छ । सन् २०२० यता सीले मुलुक छाडेका छैनन् । राष्ट्रसंघीय महासभा र कोप–२६ सम्मेलनमा सीले भर्चुअल माध्यमबाट भाग लिएका थिए ।

विन्टर ओलम्पिकको दौरान राष्ट्रपति सीले २० भन्दा बढी विश्व नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । कैंयन मुलुकले कूटनीतिक बहिष्कार गरेको र कोभिड संकटबीच हुन लागेको बेइजिङ विन्टर ओलम्पिकलाई चीनको सफ्ट पावर विजयको रुपमा हेरिएको छ ।

क्रेमलिनका प्रवक्ताले बुधबार जनाएअनुसार राष्ट्रिय सुरक्षा र अन्य मुद्दाबारे चीन र रुसले संयुक्त वक्तव्य जारी गर्नुअघि दुई नेताले भेट्नेछन् । शुक्रबार बेलुका ओलम्पिक उद्घाटन कार्यक्रममा सी र पुटिनले भाग लिँदैछन् ।

युक्रेनलाई नेटोमा भाग लिन दिन नहुने रुसी मागलाई चीनले पूर्णरुपमा समर्थन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर