एकैदिनमा मेटाको स्टक मार्केटमा २६ प्रतिशत गिरावट : जुकरवर्गले गुमाए २९ बिलियन डलर – Nepal Press

एकैदिनमा मेटाको स्टक मार्केटमा २६ प्रतिशत गिरावट : जुकरवर्गले गुमाए २९ बिलियन डलर

न्यूयोर्क । फेसबुकको माउ कम्पनी मेटा नेटवक्र्सको सेयर बजारमा गिरावट आएपछि संस्थापक मार्क जुकरबर्गले एकैदिनमा २९ बिलियन डलर सम्पत्ति गुमाएका छन् । रोयटर्सका अनुसार एकैदिनमा कुनै अर्बपतिले गुमाएको यो उच्च बजार मूल्य हो ।

अमेजनको कमाइमा उछाल आएपछि संस्थापक जेफ बेजोसको सम्पत्तिमा २० बिलियन डलर आम्दानी वृद्धि भएको छ । मेटाको स्टक बजारमा २६ प्रतिशतले गिरावट आउनुलाई रोयटर्सले अमेरिकी कम्पनीको सेयर बजार इतिहासमै पहिलो भएको जनाएको छ ।

मेटाको बजार मूल्य घटेपछि संस्थापक जुकरबर्गको सम्पत्ति ८५ बिलियन डलरमा खुम्चिएको फोर्ब्स म्यागजिनले जनाएको छ । फेसबुकमा जुकरवर्गको १२.८ प्रतिशत स्वामित्व छ ।

अर्बपति बेजोसले इ-कमर्स कम्पनी अमेजनको ९.९ प्रतिशत हिस्सा ओगट्छन् । फोर्ब्सका अनुसार बेजोस विश्वकै तेस्रो धनी व्यक्ति हुन् । विद्युतीय कार कम्पनी रिभियनमा कम्पनीले लगानी गरेपछि यसको त्रैमासिक आम्दानीमा बढोत्तरी भएको हो ।

बेजोसको कूल सम्पत्ति १ वर्षअघिको तुलनामा २०२१ मा ५७ प्रतिशतले बढेर १७७ बिलियन डलर पुगेको छ । फोब्र्सका अनुसार कोरोना महामारीको समयमा मानिसहरु अनलाइन ब्यापारमा निर्भर हुँदा अमेजनको कमाइमा उछाल आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर