७० प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाएपछि नेपाललाई डब्लुएचओको बधाई – Nepal Press

७० प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाएपछि नेपाललाई डब्लुएचओको बधाई

काठमाडौं । लक्षित जनसंख्याको ७० प्रतिशत नेपाली जनसंख्याले कोभिड-१९ विरुद्ध खोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ ।

नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएपछि बधाई दिएको हो । उक्त जनसंख्याले पूर्ण मात्रा खोप लगाएको डब्लुएचओले उल्लेख गरेको छ ।

‘७० प्रतिशतको कोशेढुंगा पार गर्नु नेपाल र यसका साझेदारहरुको सामूहिकताको परिणाम हो’ डब्लुएचओले भनेको छ, ‘एकअर्कामा सहानुभूति तथा एकजुट भएर काम गर्दा सफल भइन्छ भन्ने उदाहरण यसले प्रस्तुत गरेको छ ।’

नेपालले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन सुरु गरेको छ भने ५ वर्षदेखि ११ वर्ष उमेर समूहलाई पनि खोप लगाउनेबारे तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर