भारत र अष्ट्रेलियामा मृत्युदर उकालो लाग्यो : भारतमा एकैदिन १७ सय र अष्ट्रेलियामा ७० जनाको मृत्यु – Nepal Press

भारत र अष्ट्रेलियामा मृत्युदर उकालो लाग्यो : भारतमा एकैदिन १७ सय र अष्ट्रेलियामा ७० जनाको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ ।

जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १६ लाख २१ हजार ६०३ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि दिन प्रति दिन घट्दै गइरहेको छ ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा दुई लाख ८१ हजार १०९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

सिड्नी : अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ ।

राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो ।

तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर