भारतले आफ्नै डिजिटल मुद्रा प्रयोगमा ल्याउने, क्रिप्टोकरेन्सीमा ३० प्रतिशत कर – Nepal Press

भारतले आफ्नै डिजिटल मुद्रा प्रयोगमा ल्याउने, क्रिप्टोकरेन्सीमा ३० प्रतिशत कर

दिल्ली । भारतले अप्रिलदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा आफ्नै डिजिटल मुद्रालाई प्रयोगमा ल्याउने घोषणा गरेको छ । मंगलबार लोकसभामा बजेट प्रस्तुत गर्दैै वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२–२३ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेकी हुन् ।

बिटक्वाइन र क्रिप्टोकरेन्सीजस्ता डिजिटल मुद्रामा प्रतिबन्ध लगाउने विषयमा बजेटमा उल्लेख नभए पनि अर्थमन्त्रीले क्रिप्टोकरेन्सीजस्ता भर्चुअल डिजिटल सम्पत्तिमा ३० प्रतिशत कर लगाउने घोषणा समेत गरेकी छिन् ।

मन्त्री सीतारमणले भनिन्, ‘भारतीय रिजर्व बैंक (आरबीआई)ले डिजिटल मुद्रा सुरु गर्न सबै तयारी गरिसकेको छ। यो डिजिटल मुद्रापनि ब्लकचेन, बिटक्वाइन र अन्य प्रकारका क्रिप्टोकरन्सीहरूमा आधारित हुनेछ । केन्द्रीय बैंक डिजिटल मुद्रा लागू भएपछि मुद्रा व्यवस्थापन प्रणाली धेरै सजिलो र सस्तो हुनेछ । यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ र योसँगै अर्थतन्त्रको डिजिटलाइजेशनलाई पनि तीव्रता दिइनेछ ।’

अर्थमन्त्रीले बजेट घोषणामा भनिन्, ‘अब कुनै पनि प्रकारको भर्चुअल डिजिटल सम्पत्ति राख्दा ३० प्रतिशत कर तिर्नुपर्ने छ। साथै, आफ्नो नातेदार वा अन्य व्यक्तिलाई डिजिटल सम्पत्ति हस्तान्तरण गर्दा १ प्रतिशत टीडीएस तिर्नुपर्नेछ। उपहारमा क्रिप्टोकरेन्सी लिने व्यक्तिलाई पनि कर लगाइनेछ। यसबाहेक, यो कर एनएफटीमा पनि लागू हुनेछ। एनएफटीब्लकचेन सबै कारोबार क्रिप्टोकरेन्सीमा मात्र गरिन्छ ।’

यो नगद इलेक्ट्रोनिक रूपबाट प्रयोग गरिन्छ । नगद लेनदेन गरे जस्तै डिजिटल मुद्रा लेनदेन पनि गर्न सकिनेछ । सीबीडीसीले क्रिप्टोकरेन्सी जस्तै काम गर्छ। यो बैंक बिना नै कारोबार हुन्छ । रिजर्भ बैंकबाट डिजिटल मुद्रा प्राप्त हुन्छ र स्थानान्तरण गर्ने व्यक्तिसम्म पुग्नेछ । यो कुनै वालेटमा पनि जादैन र बैंकमा पनि जाँदैन यसले डिजिटलबाट नगद जस्तै काम गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर