बाइडेन र कतारी अमीरबीच ह्वाइट हाउसमा भेटवार्ता : खाडी क्षेत्रको सुरक्षाबारे छलफल – Nepal Press

बाइडेन र कतारी अमीरबीच ह्वाइट हाउसमा भेटवार्ता : खाडी क्षेत्रको सुरक्षाबारे छलफल

कतारलाई नेटो गठबन्धनमा ल्याउन बाइडेनको पहल

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि प्रवर्द्धन गर्न आफ्ना आपसी चासोको विषयमा कुरा भएको जनाइएको छ ।

दुवै पक्षले विश्वव्यापी ऊर्जा आपूर्तिको स्थिरता, अफगानिस्तानका जनतालाई सहयोग गर्ने र व्यावसायिक र लगानी सहकार्यलाई सुदृढ गर्ने विषयमा जोड दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति र अमिरले बोइङ र कतार एयरवेज समूहबीचको २० अर्ब अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेकोमा स्वागत गरेका छन् । जसले हजारौं अमेरिकी उत्पादनमूलक रोजगारीहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

संयुक्त राज्य अमेरिका र कतार बीचको रणनीतिक साझेदारीको मान्यतामा जुन विगत ५० वर्षमा गहिरो भएको छ । राष्ट्रपतिले कतारलाई प्रमुख गैर–नेटो सहयोगीको रूपमा तोक्ने आफ्नो मनसाय अमिरलाई जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर