उत्तर कोरियाद्वारा सन् २०१७ यताकै ठूलो मिसाइल परीक्षण, अमेरिकाद्वारा वार्ताको आह्वान – Nepal Press

उत्तर कोरियाद्वारा सन् २०१७ यताकै ठूलो मिसाइल परीक्षण, अमेरिकाद्वारा वार्ताको आह्वान

सिओल । उत्तर कोरियाले मंगलबार ह्वासोङ-१२ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । यो त्यही क्षेप्यास्त्र हो जसलाई उसले अमेरिकी भूमि गुआममाथि प्रहार गरेर ध्वस्त बनाइदिने धम्की दिएको थियो ।

उत्तर कोरियाको यो धम्कीपछि आणविक शक्तिसम्पन्न मुलुकले पुनः लामो दूरीको क्षेत्रप्यास्त्र परीक्षण गर्न सक्ने संशय पैदा भएको छ ।

आइतबार दक्षिण कोरिया र जापानी अधिकारीहरुले मध्यमदूरीमा प्रहार गर्न सकिने आइआरबीएम क्षेप्यास्त्र परीक्षणबारे पहिलोपटक सार्वजनिक गरेका थिए । यो क्षेप्यास्त्र सन् २०१७ यता उत्तर कोरियाले प्रक्षेपण गरेको सबैभन्दा ठूलो हो ।

एक महिनामा उत्तर कोरियाले प्रक्षेपण गरेको यो सातौंपटकको क्षेप्यास्त्र समेत हो । एक वरिष्ठ अमेरिकी अधिकारीले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाले हालै प्रक्षेपण गरेको क्षेप्यास्त्रलाई लिएर चिन्ता जनाएका छन् ।

रोयटर्ससँग उनले भने, ‘उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणहरु, आणविक हतियार र अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइललाई पुनः प्रक्षेपण गर्नसक्ने हाम्रो अनुमान छ । गठबन्धनका सहयोगीप्रति हाम्रो प्रतिबद्धतालाई देखेर यस्तो काम गरिएको हुनसक्छ ।’

‘हिजो के भयो भन्ने कुरा हैन, यो महिनामा उल्लेख्य मात्रामा भएका परीक्षणहरु नै यसका तथ्य हुन्’ उत्तर कोरियासँग कुनै पूर्वसर्तबिना सीधै छलफलको लागि बस्न गरिएको आग्रहबारे उनले भने ।

उत्तर कोरियाले चाहिँ आफू कूटनीतिको लागि खुला भएपनि वासिङ्टनले उल्टै प्रतिबन्ध लगाएर तथा दक्षिण कोरिया तथा यस क्षेत्रलाई सैन्य सहायता दिएर र संयुक्त सैन्य अभ्यास गरेर आफूलाई कम आँक्ने प्रयत्न गरिएको जनाएको छ ।

कूटनीतिक दबाबपछि सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमजोङ उनबीच भएको वार्तामा नेता किमले आणविक परीक्षण र लामो दूरीको क्षेप्यास्त्र परीक्षण बन्द गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेता किमले चाहिँ अमेरिकाले उत्तर कोरियाविरोधी गतिविधि नरोके आफूले आणविक परीक्षणलाई निरन्तरता दिने संकेत दिएका छन् । हुनसक्छ यही कारण सन् २०१७ यता पहिलोपटक उत्तर कोरियाले ह्वासोङ–१२ क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाको समाचार संस्था केसीएनएले परीक्षण गरिएको ह्वासोङ-१२ जस्ता हतियार प्रणालीको शुद्धता, सुुरक्षा र परिचालनको प्रभावकारिताको पुष्टि भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर