एलन मस्कले एकैदिनमा गुमाए २४.५ बिलियन डलर, अझैपनि विश्वकै धनीको शीर्षस्थानमा – Nepal Press

एलन मस्कले एकैदिनमा गुमाए २४.५ बिलियन डलर, अझैपनि विश्वकै धनीको शीर्षस्थानमा

फोर्ब्स/न्यूयोर्क । सन् २०२२ जनवरीको सुरुआत अर्बपति एलन मस्कको लागि हलचलपूर्ण रह्यो ।

राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आयोजित कार्यक्रममा विद्युतीय कारहरुको आलोचना गरेपछि अमेरिकी अर्बपतिले राष्ट्रपतिलाई ट्वीटरमार्फत निन्दा गरेका थिए ।

उनको विद्युतीय कार कम्पनी टेस्लाले बुधबार कमाइमा रेकर्ड राखेपनि बिहीबार भने टेस्लाको सेयर बजार ११ प्रतिशतले घट्यो । फोर्ब्स म्यागजिनका अनुसार मस्कले एकैदिनमा २४.५ बिलियन अमेरिकी डलर गुमाए ।

सो परिमाणको सम्पत्ति गुमाएपनि उनी २१८.३ बिलियन डलरसहित अहिले पनि विश्वकै पहिलो अर्बपतिको स्थानमा छन् ।

आपूर्ति श्रृंखलाका मुद्दाहरुले यसवर्ष टेस्लाको वृद्धिमा बाधा पुग्ने प्रक्षेपण सहितको चेतावनी टेस्लाले सेयरहोल्डरलाई दिएपछि सेयर बजारमा तीव्ररुपमा गिरावट आएको हो ।

बिहीबार बजार बन्द हुने समयसम्म टेस्लाले प्रतिसेयर ८२९.१० डलर मूल्यमा कारोबार गरिरहेको थियो । जनवरी ३ मा टेस्लाको सेयर मूल्य १२०० डलर थियो ।

‘आपूर्ति श्रृंखला प्रभावित भएपछि हाम्रा धेरै कारखानाहरु आफ्नो क्षमताभन्दा निकै कम अनुपातमा चलिरहेका छन् । सन् २०२२ सम्मै यो समस्या रहन सक्छ’ सन् २०२१ को चौंथो चौमासिकको आम्दानीलाई लिएर जारी प्रक्षेपणमा कम्पनीले सेयर होल्डरहरुलाई यस्तो चेतावनी दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर