टोयोटाले चन्द्रमामा कार पठाउँदै, सन् २०४० सम्म मानव बसोबासबारे अध्ययन गर्ने – Nepal Press

टोयोटाले चन्द्रमामा कार पठाउँदै, सन् २०४० सम्म मानव बसोबासबारे अध्ययन गर्ने

एपी/टोकियो । जापानी अटो कम्पनी टोयटाले त्यहाँको अन्तरीक्ष नियोगसँग मिलेर चन्द्रमामा गाडी पठाउने भएको छ ।

सन् २०४० सम्म मानिस बसोबास गर्न मिल्ने र त्यसपछि मंगल ग्रहमा जान सकिने महत्वाकाङ्क्षी सम्भावनाबारे चन्द्र सतहको अध्ययन गर्न टोयटाले गाडी पठाउन लागेको हो ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिएको उक्त गाडीलाई लुनार क्रुजर नाम दिइएको छ । सन् २०२० को दशकको अन्त्यतिर यो गाडीलाई चन्द्रमामा प्रक्षेपण गर्ने तयारी छ ।

टोयटाको ल्यान्ड क्रुजर स्पोर्ट युटिलिटी मोडलमै यसलाई डिजाइन गरिने भएको छ । मानिसले सुरक्षितपूर्वक खान, काम गर्न, सुत्न र संचार सम्पर्क गर्न मिल्ने गरि कारको डिजाइन गरिने टाटा मोटर कर्पका लुनार क्रुजर प्रोजेक्ट हेर्ने ताकाओ सातोले भने ।

‘हामीले अन्तरीक्षलाई शताब्दीमै एकपटक हुने रुपान्तरणको थलोको रुपमा हेरेका छौं । अन्तरीक्षमा पुगेर हामीले मानव सभ्यतालाई लाभ हुने गरि संचार सम्पर्क र प्रविधिको विकास गर्न सक्ने विश्वास लिएका छौं’ सातोले एपी समाचार एजेन्सीसँग भने ।

गिताइ जापान इन्कर्पोरेसनले टाटासँग मिलेर उक्त लुनार क्रुजर गाडीमा रोबोटिक आर्म (रोबोट पाखुरा) पनि जडान गर्दैछ जसले निरिक्षण र मर्मतको काम पनि गर्नेछ । उक्त आर्ममा जडान हुने ‘ग्रापल फिक्स्चर’ले सामान उठाउने, बढार्ने, स्कुपिङ र टुल्सको काम पनि गर्नेछ ।

गिताइका प्रमुख कार्यकारी सो नाकानोसेले अन्तरीक्षमा उड्ने चुनौति आफूले महसुस गरेपनि अन्तरीक्षमा काम गर्दा अन्तरीक्ष यात्रीलाई लागत पर्न सक्ने र जोखिम आउनसक्ने बताउँछन् । ‘चन्द्रमामा रोबोट काममा आउनेछ’ उनले भने ।

सन् १९३० को दशकमा स्थापना भएको टोयोटाले समय परिवर्तनको कारण आफ्नो मुख्य व्यवसायलाई गुमाउने चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय कम्पनीले आवास, डुंगा, जेट र रोबोटका उद्यममा समेत लगानी गर्न थालेको छ ।

पछिल्लो समय चन्द्रमाप्रति जापानी आकर्षणमा वृद्धि भएको छ । आइस्पेस इन्कर्पोरेसन नामक एक जापानी निजी कम्पनीले यसवर्षको अन्त्यसम्म चन्द्रमाको सतह र कक्षमा रोभर्स पठाउने तयारी गरेको छ ।

‘हाम्रा कारलाई चन्द्रमामा पठाउनु हाम्रो लक्ष्य हो’ टोयोटा इन्जिनियर सिनिचिरो नोडाले भने, ‘तर, हामी यसअघि नपुगेको ठाउँमा हामी कार लैजादैछौं ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर