थप १६ लाख ६० हजार डोज मोडर्ना खोप आज आइपुग्यो, भोलि २३ लाख डोज आइपुग्ने – Nepal Press

थप १६ लाख ६० हजार डोज मोडर्ना खोप आज आइपुग्यो, भोलि २३ लाख डोज आइपुग्ने

काठमाडौं । नेपालले कोभिड-१९ विरुद्ध बालबालिकालाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप प्राप्त गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले उक्त परिमाणको खोप सोमबार काठमाडौं आइपुगेको जनाएको छ ।

मंगलबार थप २३ लाख ४० हजार डोज खोप आइपुग्ने विभागले जनाएको छ । सरकारले विश्व बैंकको आर्थिक सहायतामा कोभ्याक्स संयन्त्रमार्फत खोप खरिद गरेको हो । उक्त खोपका लागि आवश्यक पर्ने सिरिन्ज चाहिँ सरकारले आफै ल्याउने भएको छ ।

विभागका अनुसार सरकारले आफैले खरिद गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख भने आइसकेको छ । आइतबार चीनबाट पन २० लाख खोपको सिरिञ्ज आइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर