१० हजार ३१९ जना संक्रमित थपिए, सक्रिय संक्रमण ८२ हजार पुग्यो – Nepal Press

१० हजार ३१९ जना संक्रमित थपिए, सक्रिय संक्रमण ८२ हजार पुग्यो

काठमाडौं उपत्यकामा थपिए ४६ सय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार ३१९ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमुना (१६६५४ पीसीआर र ४५४७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा ४ जनाको मृत्यु भएको छ भने २५४० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ८२५५० पुगेको छ ।

आजको दैनिक संक्रमण दर ४८.६७ प्रतिशत छ ।

काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकाका तीन जिल्लामा कूल संक्रमित ४६७६ थपिएका छन् ।

१५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि र १७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

अहिलेसम्म मुलुकका कोरोनाभाइरस संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । कूल संक्रमित संख्या १० लाख ३३ हजार ६३६ पुगेको छ । कूल मृत्यु हुने संख्या ११ हजार ६५९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर