देउवासहित पाँच देशका सरकार प्रमुखले भाइब्रेन्ट गुजरात समिटमा भाग लिने – Nepal Press

देउवासहित पाँच देशका सरकार प्रमुखले भाइब्रेन्ट गुजरात समिटमा भाग लिने

गुजरात । नेपालसहित रुस, मौरिसस, स्लोभानियाका प्रधानमन्त्री र मोजाम्बिकका राष्ट्रपतिले जनवरी १० देखि सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा भाग लिने भएका छन् ।

गुजरात सरकारले औपचारिक वक्तव्य जारी गर्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच मुलुकका सरकार प्रमुखले समिटमा भाग लिने जनाएको छ । नेपालले प्रधानमन्त्रीको भ्रमणलाई लिएर औपचारिक जानकारी नदिएपनि गृहकार्य भने जारी राखेको छ ।

जनवरी १० देखि १२ सम्म गुजरातमा उक्त समिट हुन लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समिटलाई उद्घाटन गर्ने जनाइएको छ । भारतमा कोरोनाको नयाँ भेरिएन्ट फैलिएर कतिपय राज्य सेमिलकडाउनमा गैसकेको बेला गुजरात समिट हुन लागेको हो ।

उक्त समिटमा १५ विदेशमन्त्री, चार विदेशी गभर्नर र केही विश्व ब्रान्डका सीइओहरु सहभागी हुने जनाइएको छ । समिटको १० औं संस्करणलाई भव्य तुल्याउन गुजरात सरकारले काम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर