सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, पाँचजना घाइते (भिडिओ) – Nepal Press

सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, पाँचजना घाइते (भिडिओ)

जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।

गोली लागेर गम्भीर घाइते उनीहरूलाई वीरेन्द्रबजार लगिएको छ । टाउकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । अन्य विवरण भने आउँन बाँकी छ ।


प्रतिक्रिया

2 thoughts on “सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, पाँचजना घाइते (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर