‘भाइब्रेन्ट गुजरात’मा भाग लिन भारत जाने देउवाको तयारी, तर सम्मेलन अनिश्चित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो भारत भ्रमण पुस महिनामा नै हुने लगभग निश्चित भएको छ ।
भारतमा आयोजना हुने भाइब्रेन्ट गुजरात शीर्षकको सम्मेलनमा निम्तो मान्न जाने देउवाको तयारी छ ।
विभिन्न देशका प्रधानमन्त्री लगायत शीर्ष नेताहरुको उपस्थिति रहने सम्मेलनमा नेपालका प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई निमन्त्रणा आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नै देउवालाई निम्तो आएको हो ।
यो सम्मेलन २०२२ को जनवरी १० देखि १२ सम्म आयोजना हुँदैछ । प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले तयारी अगाडि बढाएको स्रोतले बतायो ।
यद्यपि भारतमा ओमिक्रोम भेरियन्टका कारण भाइब्रेन्ट गुजरात सम्मेलन प्रभावित बन्न सक्ने आँकलन भारतमा गरिएको छ । द्वीपक्षीय भ्रमण नभएकाले यदि सम्मेलन स्थगित भयो भने देउवाको भ्रमण पनि रद्द हुनेछ ।