पूर्वराष्ट्रपति हुएलाई जेल सजायमा माफी दिने दक्षिण कोरियाको घोषणा – Nepal Press

पूर्वराष्ट्रपति हुएलाई जेल सजायमा माफी दिने दक्षिण कोरियाको घोषणा

सिओल । विभिन्न भ्रष्टाचार प्रकरणमा लामो समयदेखि जेल सजाय भोगिरहेकी दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गुएन हुएलाई आममाफी दिइने घोषणा गरिएको छ ।

त्यहाँको न्याय मन्त्रालयले कोरोनाभाइरस महामारीको कठिन समयमा राष्ट्रिय एकता प्रदर्शन गर्ने उद्देश्यले पूर्वराष्ट्रपति हुएलाई आममाफी दिइने घोषणा गरेको हो ।

मन्त्रालयको उक्त घोषणा लगत्तै पत्रकारसँग कुरा गर्दै न्यायमन्त्री पार्क बियोम कीले विशेष आममाफी पाउने व्यक्तिहरुको सूचीमा पूर्वराष्ट्रपति हुए पनि रहेको र राष्ट्रिय एकताको उद्देश्यले उनलाई माफी दिन लागिएको बताए ।

यसैसाता बसेको एमनेस्टी रिभ्यू कमिटीको दुई दिने बैठकमा पूर्वराष्ट्रपतिलाई माफी दिनेबारे छलफल भएको थियो । माफी दिने निर्णय पछाडि पूर्वराष्ट्रपति हुएको कमजोर स्वास्थ्य स्थिती प्रमुख रहेको बताइएको छ ।

उनी दक्षिण कोरियाका निरकुंश शासक पार्क चुङ हीको छोरी हुन् । घुस लिएको, सत्ताको दुरुपयोग गरेको र चुनावी कानून उल्लंघन गरेको आरोपमा ६९ वर्षिया हुएलाई २० वर्ष लामो जेल सजाय सुनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर