सातै प्रदेशका मुख्यमन्त्रीसँग देउवाको छलफल : तेस्रो लहर रोक्नेतर्फ पूर्वतयारी गर्न निर्देशन – Nepal Press

सातै प्रदेशका मुख्यमन्त्रीसँग देउवाको छलफल : तेस्रो लहर रोक्नेतर्फ पूर्वतयारी गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताएका छन् । कोभिड-१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताए ।

उनले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको तर र अझै पनि खोप जनताको घरदैलोमा पुग्न नसकेर धेरै मात्रामा स्टोरेज भएको जानकारी पाएको उल्लेख गर्दै खोप अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि एवं सरोकारवा जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए

प्रधानमन्त्री देउवाले भने “अहिले नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको बताइएको छ, खोप अभियानलाई तीव्रताका साथ अघि बढाउन जरुरी छ, खोपबाट जनताको जीवन बचाउनु हामी सबैको कर्तव्य हो, त्यसैले चैतसम्म सबै नेपालीलाई खोप दिने हाम्रो (सरकारको) लक्ष्य हो पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रियरूपमा लाग्न अनुरोध गर्न चाहन्छु ।”

प्रधानमन्त्री देउवाले कोभिड विरुद्धको बुष्टर डोज लगाएमा तेस्रो लहर पनि आउनसक्ने विज्ञले बताइरहेकाले सबैलाई पूर्ण मात्रामा खोपको सुनिश्चितता गर्न सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राजनीतिक दललगायत सबैमा अपिल गरे ।

कोभिडको नयाँ भेरियन्टले बालबालिकालाई पनि जोखिममा पार्ने भनिएकाले १२ वर्षमाथिका बालबालिकालाई पनि बचाउन आवश्यक रहेकाले बालबालिकासहित सबै नागरिकलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याए । प्रधानमन्त्री देउवाले खोप लगाएर सुरक्षित होइन्छ भनेर खोप अभियानबारे जनतमा सचेतना फैलाएर उनीहरुलाई उत्साहित बनाउन पनि अनुरोध गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर