माओवादीको वागमती प्रदेश पदाधिकारीका लागि पौडेल र गौतमसहित २९ जनाको उम्मेदवारी

२०७८ पुष ५ गते १९:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समिति सदस्यतका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका हुन् ।
९ पदका लागि २९ जनाको मनोनयन दर्ता भएको प्रदेश निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार उपाध्यक्षका लागि १०, सचिवमा ४, सहसचिवमा १० र कोषाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका हुन।
माओवादीको विधानमा प्रदेश समिति सदस्यले पदाधिकारी चयन गर्ने व्यवस्था छ। त्यस अनुसार २७५ प्रदेश समिति सदस्यले पदाधिकारी चयन गर्ने छन् । केही बेरमा मतदान शुरु हुने बताइएको छ।
प्रतिक्रिया