पाकिस्तानमा दुई शक्तिशाली विस्फोट : कम्तीमा १४ जनाको मृत्यु – Nepal Press

पाकिस्तानमा दुई शक्तिशाली विस्फोट : कम्तीमा १४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा शनिबार बेलुका भएका दुईवटा शक्तिशाली विस्फोटहरुमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । उद्दार कार्यमा खटिएको टोलीमा प्रहरी र रेन्जर्ससँग पनि सामेल छन् ।

घाइतेहरुको उपचार पोस्ट ग्राजुएट मेडिकल स्कुलमा भैरहेको छ । पाकिस्तान मिडियाका अनुसार उक्त विस्फोट कराँचीस्थित शेरशाह क्षेत्रको पराचा चोकमा दिउँसो १ः३० बजे भएको थियो ।

विस्फोटमा त्यहाँको एक भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर