प्रदेश २ : विवादका कारण माओवादी अधिवेशनको बन्दसत्र स्थगित – Nepal Press

प्रदेश २ : विवादका कारण माओवादी अधिवेशनको बन्दसत्र स्थगित

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन अन्तर्गत आजबाट सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ ।

बन्दसत्र भोली ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादीका प्रदेश ईन्चार्ज प्रह्लाद बुढाथोकीले जानकारी दिए । केहि पालिकाको प्रतिनिधि चयनमा विवाद देखिएकाले बन्दसत्र स्थगित गर्नुपरेको उनले बताए ।

बन्दसत्रमा सहभागी हुन प्रदेशभरका हजारौं प्रतिनिधि र नेताहरु लालबन्दी पुगेका छन् । तर बन्दसत्र स्थगित भएपछि उनीहरु अलपत्र परेका छन् ।

मंसिर २५ मा जनकपुरधाममा प्रदेश अधिवेशनको उद्घाटन सम्पन्न भएपनि धेरै पालिकामा प्रतिनिधि चयन नभएका कारण बन्दसत्रको समय आजका लागि तोकिएको थियो ।

सिरहा, सप्तरी, धनुषा र पर्सा लगायतका ३० भन्दा बढी पालिकामा प्रतिनिधि चयनमा विवाद देखिएको छ । प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र दास यादवले आफू र छोरालाई समेत प्रतिनिधि गुपचुप बनाएपछि बन्दसत्र स्थलमा विरोध भएको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर