कांग्रेस चुनावः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु, भोलि बिहानसम्म नतिजा आउने – Nepal Press

कांग्रेस चुनावः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु, भोलि बिहानसम्म नतिजा आउने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालयमा मतगणना सुरु भएको हो ।

निर्वाचन समितिले खुला केन्द्रीय सदस्यका उम्मेदवारलाई आफैं वा आधिकारिक प्रतिनिधि एकजना मतगणनास्थलमा पठाउन भनेको छ ।

खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो ।

त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । जसअन्तर्गत अर्जुनबहादुर सिंह र चित्रलेखा यादव विजयी भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर