किम जोङ उन : मिसाइल, हत्या र आर्थिक दुःखका १० वर्ष – Nepal Press

किम जोङ उन : मिसाइल, हत्या र आर्थिक दुःखका १० वर्ष

रोयटर्स /सियोल : किम जोङ उन सत्तामा आएको १० वर्षमा उत्तर कोरियाले देशबाट बाहिर निस्कन खोज्ने मानिसहरूमाथि कारबाही गरेको छ र देश छोड्नेहरूलाई आफ्नो परिवार र मातृभूमि फर्कन नपाइने आदेश जारी गरेको छ ।

त्यति मात्र हैन, कोरोनाभाइरस महामारीले देश छाडनेहरुको संख्यालाई कम गर्न नेता किमले नियन्त्रणका कदममा वृद्धि गर्दै सीमाक्षेत्रमा कडाइ गर्न चीनलाई समेत दबाब दिए । उत्तर कोरियासँगको सम्बन्ध सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार यस वर्षको अप्रिलदेखि जुनसम्म दुईजना मात्रै उत्तर कोरियाबाट भागेकाहरू दक्षिण कोरियामा प्रवेश गरेका थिए, जुन एकै चौमासिकमा अहिलेसम्मकै सबैभन्दा कम हो ।

‘किमले आफ्नो मुलुक छाड्नेहरुलाई कहिल्यै फर्कन नपाउने गरी प्रतिबन्ध लगाएका छन्’ उत्तर कोरियाबाट भाग्न सघाउने ब्रोकरको रुपमा कार्यरत हा जिन भने । उनी स्वयमले सन् २०१३ मा उत्तर कोरिया छाडेका थिए ।

पिता किमजोङ द्धितियको मृत्युपछि सन् २०११ मा सत्ता सम्हालेका किम जोङ उनले उत्तर कोरियाली नागरिकको जीवनस्तर सुधार्न निकै न्यून काम गरिरहेका छन् । ‘पछिल्ला दिनहरुमा त्यहाँ बस्न निकै मुस्किल छ किनभने सरकारले नागरिकबाट सबथोक लुटेको छ । त्यहाँ सयौं मानिसहरु भोकमरीबाट मरिरहेका छन्’ उनले भने ।

तर, किमले यसबीचमा केही परिवर्तनहरु पनि ल्याएका छन् ।

त्यहाँको एकीकरण मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक विवरण अनुसार किमले निजी क्षेत्रलाई राज्यको नेतृत्वमा रहेका एजेन्टहरुलाई उछिनेर उत्तर कोरियाको सबैभन्दा आर्थिक नेतृत्व बन्न अनुमति दिएका छन् । मन्त्रालयका अनुसार आणविक हतियारविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आर्थिक प्रतिबन्धहरु लगाएपछि त्यहाको कूल गार्हस्थ्य उत्पादन र जीवनस्तरमा सुधारमा पछिल्लो समय कमी आइरहेको छ ।
कोरोनाभाइरस महामारीविरुद्ध उत्तर कोरिया स्वयमले लागू गरेको कडा प्रतिबन्धको कारण मुलुकले खाद्य संकटको सामना गर्नुपरेको छ ।

नागरिकको दुःखलाई लिएर गतवर्ष गरेको सम्बोधनमा किम भावुक त बनेका थिए । यसले उनी केही हदसम्म परिवर्तन भएका हुन् कि भन्ने अनुमान गरिएपनि प्रणालीगत पुनर्संरचना भने हुनसकेको छैन । साथै, किमले विदेशी मिडिया लगायतका कुरालाई पनि कडाइ गरिरहेका छन् ।

‘विद्यालयमा रहँदा मैले कडा अनुशासन महसुस गरेको थिएँ’ सन् २०१४ मा उत्तर कोरिया छाडेका एक २३ वर्षिय तन्नेरीले जसले नाम खुलाउन चाहेनन् । उनले भने, ‘विद्यालयको पोशाक र कपालमा बढी कडाइ गरिएको थियो । दक्षिण कोरियाली फिल्म र संगीतमा पनि रोक लगाइएको थियो ।’

दक्षिण कोरियाली मानवअधिकारीवादी संस्थाका अनुसार दक्षिण कोरियाली पपगीत हेरेको र बाँडेको आरोपमा उत्तर कोरियामा कम्तीमा सातजनालाई मृत्युदण्डाको सजाय सुनाइको छ । देशविरुद्ध काम गर्नेलाई कस्तो सजाय दिने भन्ने लिखित कानून नभएपनि उत्तर कोरियाली सूचनालाई उध्दृत गर्दै सियोलको वेब–पोर्टल डेली एनकेद्वारा प्रकाशित समाचारमा जनाइएअनुसार विदेशी सामाग्री वितरण र उपभोग गर्नेलाई लामो कैद सजाय र मृत्युदण्डसम्म दिइने गरिएको छ ।

त्यहाँको राज्य नियन्त्रित संचारमाध्यमले रोक लगाइएका सामाग्रीलाई प्रसारण गरे टुक्रा टुक्रा पर्ने चेतावनी दिने गरेको छ ।

उत्तर कोरिया छाड्न चाहनेलाई समर्थन गर्ने र उदारवादको पक्षमा बोल्ने एकजना सोकिल पार्कले लागू गरिएका कडा प्रतिबन्धहरुले महामारीलाई फैलन नदिने आशा गरेको बताए ।

अमेरिकामा रहेको ह्युमन राइट्स वाचले सन् २०१४ पछि छाडेका वा अझै पनि त्यहाँ सम्पर्कमा रहेका उत्तर कोरियालीहरूसँग गरेको कुराकानीमा किमले अर्थतन्त्रलाई खुला गर्दा अवैध सीमा पार गर्ने काम लगभग असम्भव भएको, भ्रष्ट अभ्यासहरू सामान्य बनाइएको र बेतलबी श्रमिकको संख्यामा वृद्धि भएको बताएका थिए ।

हुमन राइट्स वाचका दक्षिण कोरियाली निर्देशक लीना युनले विज्ञप्तिमा भनेका छन््, ‘उनको बुबा र हजुरबुवाको जस्तै, किम जोङ उनको शासन क्रूरता, डर र दमन, अधिकार उल्लङ्घन, आर्थिक कठिनाइ र सम्भावित अनिकाललाई उक्साउने कुरामा आधारित छ ।’

उत्तर कोरियाले कहिल्यै पनि विदेशी संचारमाध्यमका प्रतिनिधिसँग कुराकानी गर्दैन तर, अधिकारवादीहरुको आरोपलाई भने खण्डन गर्ने गर्छ । राष्ट्रसंघीय नियोगहरुले उत्तर कोरियामा मानवअधिकार उल्लंघन र दुरुपयोग भएको आरोप लगाउने गरेका छन् ।

किमको भावना देखाउने भावपूर्ण शैली उत्तर कोरियालीहरुलाई सिकाइएको छ जसलाई उनीहरु भगवानको रुपमा मान्छन्’ सन् २०१५ मा भागेर दक्षिण कोरिया आइपुगेका ३० वर्षिय हान जि योनले रोयटर्ससँग भने जो अहिले युट्युव च्यानल चलाउँछन् । उनी भन्छन्, ‘त्यहाँको नतिजा सँधैभरि एउटै खालको छ । तर, मलाई लाग्छ कुनै बिन्दूमा पुगेर उत्तर कोरियालीहरुले यो कुरालाई विश्वास गर्नेछैनन् । त्यतिबेलाका आँसुहरु पनि प्रभावकारी हुनेछैनन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर