इलोन मस्क टाइम म्यागजिनद्वारा ‘वर्षव्यक्ति’ घोषित – Nepal Press

इलोन मस्क टाइम म्यागजिनद्वारा ‘वर्षव्यक्ति’ घोषित

काठमाडौं । प्रतिष्ठित टाइम म्यागजिनले संसारका सबैभन्दा धनी इलोन मस्कलाई वर्षव्यक्तिको रुपमा घोषणा गरेको छ ।

मस्कलाई वर्षव्यक्ति घोषणा गरिएको आलेखमा म्यागजिन लेख्छ : संसारका धनी व्यक्तिसँग आफ्नो घर छैन र सबै सम्पत्ति बेचेको छ । ऊ उपग्रहलाई पृथ्वीको कक्षमा फ्याँक्छ र सूर्यको प्रयोग गर्छ । ऊ ग्याँस र चालकको आवश्यकता नपर्ने कार चलाउँछ । उसको औंलाको एक झट्काले सेयर बजार उकालो लाग्छ वा हल्लिन्छ ।’

विद्युतीय कार उत्पादक कम्पनी टेस्ला र रकेट कम्पनी स्पेस-एक्सका मालिक मस्कलाई उनको महत्वाकाङ्क्षी सपनाहरुको कारण वर्षव्यक्ति घोषणा गरिएको जनाएको छ । मस्कको सपनाको रुपमा रहेका मंगल ग्रहमा बस्ती बसाउनेदेखि अन्तरीक्ष पर्यटनसम्मका उनका सपना आधुनिक मानवजातिको प्रेरणाको स्रोतको रुपमा रहेको टाइमले लेखेको छ ।

मस्क गत महिना सुपररिच अर्थात २५० बिलियन डलरसहित संसारकै धनीहरुका पनि धनी व्यक्ति घोषित भएका छन् ।

यो पनि पढ्नूस : इलोन मस्क : सपनाको उडान, महत्वाकांक्षा र मंगल ग्रह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर