यस्तो बन्यो नेकपा एसको केन्द्रीय प्रचार विभाग, केही सदस्य थपिए (सूचीसहित) – Nepal Press

यस्तो बन्यो नेकपा एसको केन्द्रीय प्रचार विभाग, केही सदस्य थपिए (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागमा केही सदस्य थपघट भएका छन् । यसअघि शुक्रवार साँझको अन्तरपार्टी निर्देशनमा संशोधन गरि केही नाम थपघट भएका हुन् ।

नेकपा एसको केन्द्रीय प्रचार विभागको प्रमुखमा उपमहासचिव जगन्नाथ खतिवडा छन् भने उपप्रमुखमा केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ छन् ।

विभागको सदस्यमा राममाया भट्टराई (चमिना), जीवन विसी, टंक पन्त, विश्वमणी सुवेदी, नरेन्द्र साउँद, माधव पौडेल, रोहित दाहाल, तेजप्रसाद वाग्ले, दुर्गा थापा, धनराज वास्तविक, प्रकाश खतिवडा, रामकुमार एलन र शान्तराम विडारी रहेको नेकप एसले जनाएको छ ।

विभागमा १० जना पुन: थप गरिने उपप्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।

प्रचार विभागमा समावेश गरिएका अनुहार अधिकांश सक्रिय पत्रकारितामा छन् ।

विवाद नयाँ मोडमा

सूची सार्वजनिक भएसँगै उक्त पार्टीसम्बद्ध प्रेस संगठनको विवादले नयाँ मोड लिएको छ ।

संगठनका संस्थापकहरुले पूर्व प्रस्तावित वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, नरेन्द्र साउद र महासचिव रामकुमार एलनलाई सोही पदमा कायम गर्न माग गर्दै आएका छन् ।

तर, पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र अध्यक्ष शम्भु श्रेष्ठले एलनलाई महासचिव स्वीकार्न नचाहेपछि संगठनको काम अस्तव्यस्त भएको आरोप छ । तर, शुक्रबारको अपानिमा १५ सदस्यीय प्रचार विभाग सार्वजनिक हुँदा विश्वमणि समूहका १२ जनाको नाम उल्लेख छ ।

विभाग प्रमुख जगन्नाथ खतिवडा, उपप्रमुख शम्भु श्रेष्ठ र सदस्य प्रकाश खतिवडाले एलनलाई महासचिव बनाउने कुरामा साथ दिएका छैनन् । ती बाहेक विभाग सदस्य तोकिएका सबैले विश्वमणि समूहलाई साथ दिदै आएको छ ।

संगठनको नेतृत्वबाट प्रेस चौतारीको गत वर्ष पुस ५ पछि माधव नेपाल समूहमा रहदै आएका नेताहरू बाहिरिएका थिए ।

उनीहरूले पदाधिकारी चयनमा असहमति राख्दै कात्तिक २७ को घोषणासभा वहिष्कार गरेका थिए ।

विवाद समाधानका लागि अनेकन विकल्प आए, तर अध्यक्ष शम्भु श्रेष्ठले महासचिव घोषित भुपराज खड्कालाई हटाउन चाहेनन् । बरु, पुस ५ मा राष्ट्रिय भेला गरी शम्भु श्रेष्ठले अध्यक्ष पद हस्तान्तरण गर्ने पूर्वघोषणा विपरित माघमा विधान अघिवेशन गर्ने भनी गत बुधबार सर्कुलर जारी गरियो । समस्याले जटिल रुप लिएपछि पार्टीले हस्तक्षेप गर्ने तयारी गर्दै थियो ।

पार्टीको दबाब, प्रचार विभागको स्वरुप र बढ्दो विवादलाई हल गर्न शम्भु श्रेष्ठले विभागका एक सदस्यसँग आफूले अध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर