मधेश र मधेशीका मुद्दा सम्बोधन नभए विस्फोट हुन्छ : महन्थ ठाकुर (भिडिओ) – Nepal Press

मधेश र मधेशीका मुद्दा सम्बोधन नभए विस्फोट हुन्छ : महन्थ ठाकुर (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ठाकुरले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले १३९ जना नेता कार्यकर्ताहरुलाई जेलमुक्त गरेको स्मरण गर्दै अझै समस्याहरु बाँकी रहेको बताए ।

१३९ जनालाई जेलमुक्त गरिदिएकोमा ओलीलाई धन्यवाद दिँदै ठाकुरले बाँकी रहेका समस्या पनि सम्बोधनका लागि सरकारसँग आग्रह गरे ।

उनले भने – केपी ओली जीलाई धन्यवाद दिन चाहान्छु की १३९ जना उहाँबाट मुक्त भएका छन् । अहिले पनि हाम्रा समस्याको सम्बोधन हामी चाहान्छौँ । कुनै पनि आन्दलोलनलाई दबाएर त्यसको सम्बोधन हुँदैन । बाँकी रहेको मुद्दाहरुको सम्बोधन हुनुपर्छ ।

आफ्ना मुद्दाहरु सम्बोधन नभए ज्वालामुखिजस्तै विस्फोट हुने चेतावनी पनि ठाकुरले दिएका छन् ।

ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर