कांग्रेस पदाधिकारीमा कर्णालीबाट को–को पर्लान् ? – Nepal Press

कांग्रेस पदाधिकारीमा कर्णालीबाट को–को पर्लान् ?

सुर्खेत । शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिने नेतृत्वबारे सर्वत्र चर्चा छ । कांग्रेस पदाधिकारीमा कर्णालीबाट को–को पर्लान् भन्ने पनि चर्चा छ ।

यसअघि महामन्त्रीमा मनोनित नेता पूर्णबहादुर खड्काले संस्थापन पक्षबाट उपसभापतिमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । त्यस्तै पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही लड्ने भएका छन् । यस्तै पिछडिएको क्षेत्रबाटै संस्थापनइतर समूहबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठको चर्चा छ ।

तीनै जनाले टिकट पाए भने खड्कालाई भन्दा शाही र श्रेष्ठलाई चुनाव जित्न कठिन हुने अनुमान छ ।

कर्णाली भुगोलबाट संस्थापन समूहको तर्फबाट केन्द्रीय सदस्यमा राजिवविक्रम शाह र कान्ति सेजुवाल चुनाव लड्दैछन् । त्यस्तै महिलाबाट जानकी सिंहको सम्भावना बलियो देखिएको छ । त्यस्तै गोपालसिंह बमको पनि सम्भावना छ

पौडेल पक्षबाट कालिकोटका नारायण भट्टराई र हस्त गौतमले केन्द्रीय सदस्यमा दाबी गरिरहेका छन् । दीनबन्धु सहमहामन्त्री नभएको खण्डमा उनी केन्द्रीय सदस्य नै बन्ने सम्भावना छ ।

रुकुम पश्चिमका मानबहादुर नेपालीले समानुपातिक कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले संस्थापन समूहबाट लड्ने घोषणा गरेका हुन् ।

कर्णाली प्रदेशबाट कांग्रेस महाधिवेशनका लागि ३१६ प्रतिनिधि छानिएका छन् । तीमध्ये संस्थापन समूहका १८० छन् भने पौडेल समूहका १३६ जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर