लागुऔषधसहित दैलेखमा तीन जना पक्राउ – Nepal Press

लागुऔषधसहित दैलेखमा तीन जना पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय दैलेखले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सोमबार राति दैलेखको पुरानो बसपार्कबाट उननहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा बर्दिया बासँगढी नगरपालिका २ बस्ने २७ वर्षका विक्रम मल्ल, कोहलपुर नगरपालिका १० बस्ने २३ वर्षका गणेश केसी र सोही ठाउँमा बस्ने अर्का हेमन्त साउँद रहेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।

उनीहरुको साथबाट खैरो हेरोईन जस्तो देखिने धुलो ६ सय ९० एमजी र प्रमाण लाग्ने अन्य सामानहरु उनीहरुको साथबाट जफत गरिएको जनाइएको छ। जिल्ला अदालत दैलेखबाट थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *