माओवादीको विद्यार्थी विशेष माहाशाखा अध्यक्षमा उत्तम अधिकारी

२०७८ मंसिर १९ गते २१:०७

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को विद्यार्थी विशेष माहाशाखा अध्यक्षमा उत्तम अधिकारी चयन भएका छन्।
शनिबार शुरु भएको महाशाखाको प्रथम सम्मेलनले अधिकारीलाई अध्यक्ष बनाएको हो ।
उनी यसअघि माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव थिए।
त्यस्तै उपाध्यक्षहरुमा राजकुमार याक्सो, केशव रावल र पवन कार्की चयन भएका छन्।
सचिवमा उपेन्द्र शाही चयन हुँदा सहसचिवमा संजय काल्धन र कोषाध्यक्षमा देवकी कार्की चयन भएका हुन्।
विद्यार्थी विशेष माहाशाखा ६५ सदस्यीय बनेको छ।
प्रतिक्रिया
सम्बन्धित खवर