परिवर्तनबाट कार्यकर्ता खुसी होलान् तर जनता खुसी छैनन् : चन्द – Nepal Press

परिवर्तनबाट कार्यकर्ता खुसी होलान् तर जनता खुसी छैनन् : चन्द

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले अहिलेको व्यवस्थाबाट दलका कार्यकर्ता सन्तुष्ट भए पनि जनता सन्तुष्ट हुन नसकेको बताएका छन् ।

राप्रपाको उद्घाटन समारोहमा बोल्दै चन्दले राजनीतिक परिवर्तन भएपनि जनताले न्यायको महसुस नगरेको बताए । ‘प्रचण्डजी, शेरबहादुरजी, माधवजी यहीँ हुनुहुन्छ । के अहिलेकै अवस्था ल्याउँन परिवर्तन गरेको हो त ? अहिले अन्यायले न्यायलाई दबाएको छ । हाम्रा कार्यकर्ता सन्तुष्ट होलान् तर जनता सन्तुष्ट छैनन्’, चन्दले भने ।

उनले सबै दलले आफ्नो भूमिकामाथि पुनर्विचार गर्नुपर्ने बताए । राप्रपाभित्र सहमतिमै नेतृत्व छानिनु उपयुक्त हुने भन्दै चन्दले सहमति नजुटे सभ्य लोकतान्त्रिक अभ्यास गर्न सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर