सीपीसीले दियो नेपाली कम्युनिष्ट नेतालाई केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी – Nepal Press

सीपीसीले दियो नेपाली कम्युनिष्ट नेतालाई केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी

नेता ताओले गरे सी विचारधारा पारित भएको ब्रिफिङ

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले यसैमहिनाको पहिलो साता बेइजिङमा सम्पन्न १९ औं केन्द्रीय समितिअन्तर्गत छैटौ बैठकका निर्णयको जानकारी नेपाली कम्युनिष्ट दलहरुलाई गराएको छ ।

सोमबार आयोजित भर्चुअल कार्यक्रममा सीपीसी विदेश विभाग प्रमुख सोङ ताओले उक्त जानकारी दिएका हुन् । उक्त सत्रमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द लगायत सहभागी थिए ।

नोभेम्बर ८ देखि ११ सम्म संचालन भएको सीपीसी केन्द्रीय समितिको छैटौं विस्तारित बैठकले पार्टी महासचिव तथा राष्ट्रपति सी जिनपिङको विचारधारा पारित गरेको थियो । साथै, आउने शताब्दीमा चीनलाई विश्व महाशक्ति बनाउने संकल्प प्रस्ताव समेत उक्त बैठकले पारित गरेको थियो ।

बैठकबाट पारित भएको सी विचारधारालाई आउँदो वर्ष हुने पार्टी महाधिवेशनबाट कार्यान्वयन गर्न लागिएको जानकारी पनि सीपीसी नेता ताओले नेपाली कम्युनिष्ट नेताहरुलाई जानकारी दिएका थिए । ताओले केही महिनाअघि पनि नेपाली कम्युनिष्ट नेताहरुको भर्चुअल कार्यक्रममा एमाले र माओवादी केन्द्रलाई मिल्न सुझाएका थिए ।

सीपीसी स्थापना भएको सयवर्ष पुरा भएको अवसरमा गत असार २२ गते पनि चिनियाँ राष्ट्रपति सीले नेपालसहितका १६० मुलुकका नेताहरुसँग भर्चुअल छलफल गरेका थिए । गत जेठ १२ गते र २०७६ असोज ६ र ७ गतेपनि तत्कालिन नेकपा र सीपीसीबीच विचारधारात्मक छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर