सीडी अनुपातले राष्ट्र बैंकको सीमा नाघ्यो, कात्तिकमा ३६ अर्बले निक्षेप घट्दा ३६ अर्ब नै कर्जा विस्तार – Nepal Press

सीडी अनुपातले राष्ट्र बैंकको सीमा नाघ्यो, कात्तिकमा ३६ अर्बले निक्षेप घट्दा ३६ अर्ब नै कर्जा विस्तार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यवस्था गरेको कर्जा(निक्षेप) सीडी अनुपात ९० प्रतिशत भन्दा माथि पुगेको छ । अधिकांश बैंक वित्तीय संस्थाको कर्जा(निक्षेप अनुपात सीमा भन्दा माथि उक्लिएको नेपाल बैंकर्स संघले जनाएको छ ।

नेपाल बैंकर्स संघको पछिल्लो प्रतिवेदनले बाणिज्य बैंकहरुको ‍औषत सीडी अनुपात ९०.१५ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ । कात्तिक महिनासम्ममा कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४० खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

कात्तिक महिनासम्ममा ३६ अर्ब रुपैयाँले निक्षेप घटेको छ भने कर्जा लगानी पनि ३६ अर्ब रुपैयाँ नै भएको छ । निक्षेप संकलन घटेकै अनुपातमा नेपालका बैंक वित्तीय संस्थाले कर्जा लगानी गरेका छन् ।

स्रोतको सुनिश्चिता बिना नै बैंकहरुले कर्जा लगानी गर्दा सीडी अनुपात ९० प्रतिशत भन्दा माथि पुगेको हो । व्यवसायीले भन्सार विन्दुबाट बस्तु आयात गर्दा न्युन विजकिकरण गरी बस्तु आयात गरी हुण्डी मार्फत भुक्तानी दिनेक्रम बढेकाले बैंकिङ प्रणालीबाट ३६ अर्ब निक्षेप बाहिर गएको बताउने गरिएको छ ।

अर्थतन्त्रमा बढ्दो कर्जाको मागलाई धान्नका लागि बैंकिङ प्रणालीमा पर्याप्त स्रोतको अभाव हुँदा नेपालको बैंकिङ प्रणालीमा तरलता अभाव देखिएको छ । कर्जाको तुलनामा निक्षेप बढ्न नसक्दा , बैंक वित्तीय संस्थाले अल्पकालिन प्रकृतिको स्रोतका आधारमा दिर्घकालिन लगानी गर्दा, कोभिडका कारण रोकिएको आर्थिक गतिविधिले पुर्णरुपमा गति लिदा बजारमा कर्जाको माग बढेको हो ।

विश्वव्यापी महामारी कोभिड १९ का कारणले वैदेशिक रोजगारी प्रभावित भई विप्रेषण आप्रवाह घट्नु तथा बढ्दो आयातका कारण व्यपारघाटा बढ्दा नेपालमा लगानीयोग्य रकम९तरलता० को समस्या देखिएको हो ।

यसैगरी सरकारले राजस्व उठाएर पुँजीगत खर्च बढाउन नसकेका कारण पनि तरलताको समस्या सहज हुनसकेको छैन । सरकारले बजेटमा व्यवस्था गरेबमोजिम वैदेशिक ऋण तथा अनुदान प्राप्त नहुँदा सरकारी आयोजनाहरु सञ्चालनमा हुन नसक्दा सरकारको पुँजीगत खर्च बढ्न सकेको छैन । जसको प्रभाव तरलतामा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर